दफा
स्थानको रिक्तता र पूर्ति
(१) दफा ४ को उपदफा (१) को खण्ड (ङ) अन्तर्गत निर्वाचित कुनै पार्षद्को मृत्यु भएको वा कुनै पार्षद्ले राजीनामा दिएको वा कुनै पार्षद्यस ऐनको व्यवस्था अनुसार कानून व्यवसायी कायम रही रहन अयोग्य भएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्को बाँकी पदावधि एकवर्ष भन्दा कम भउमा परिषद्ले सम्वन्धित क्षेत्रको अर्को कानून व्यवसायीलाई पार्षद्तोक्नेछ र एकवर्ष भन्दा बढी भएमा निर्वाचिनद्वारा सो पदको पूर्ति गरिनेछ ।
(२) दफा ४ को उपदफा (१) को खण्ड (च) अन्तर्गत मनोनीत कुनै पार्षद्को मृत्य भएको वा कुनै पार्षद्ले राजीनामा दिएको वा कुनै पार्षद् यस ऐनको व्यवस्था अनुसार कानून व्यवसायी कायम रही रहन अयोग्य भएको कारणबाट रिक्त हुन आएको स्थानमा त्यस्तो पार्षद्को बाँकी पदावधिको लागि नेपाल बार एशोसिएशनले अर्को कानून व्यवसायीलाई पार्षद्मानोनीत गर्नेछ ।